चन्द्रागिरिमा बालिका बलात्कार, एक जना पक्राउ

चन्द्रागिरिमा बालिका बलात्कार, एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरिमा बालिका बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई पक्राउ गरेको हो ।

बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.