थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.