भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

चरम अभाव भएपछि दमकलबाट पानी बाँड्दै उपभोक्ता समिति

चरम अभाव भएपछि दमकलबाट पानी बाँड्दै उपभोक्ता समिति

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । पाँच दिनदेखि खानेपानीको चरम अभाव भएको हो ।

खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको योजनाका सचिव मोहन बिष्टले जानकारी दिए ।लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत्मा खराबी आउँदा खानेपानी सेवा अवरुद्ध भएको हो ।

खानेपानीको हाहाकार भएपछि होटेल व्यवसाय र कार्यालय समस्यामा परेका छन् । खानेपानीको समस्या समाधानको लागि पहल भइरहेको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्टले बताए।

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा सधै खानेपानीको अभाव हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.