भर्खरै : Sorry, your browser does not support inline SVG.

चाँगुनारायणमा एक महिना तीन दिनमा ८ हजार ८ सय ५० विरुवा बृक्षारोपण (फोटोफिचर)

चाँगुनारायणमा एक महिना तीन दिनमा ८ हजार ८ सय ५० विरुवा बृक्षारोपण (फोटोफिचर)

चाँगुनारायण नगरपालिकामा एक महिना ३ दिन भित्र छ हजार दुई सय पचास एभोकाडोका बिरुवा वितरण तथा बृक्षारोपण गरिएको छ । यो संगै एक हजार छ सय अन्य फलफूलका बिरूवाहरु समेत वृक्षारोपण गरिएको अभियान्ता रामकुमार तामाङले जानकारी दिए ।

स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन सहित आय–आर्जनको श्रोत बढाउने उद्देश्यले यो वर्षको अन्तिम कार्यक्रम भाद्र २ गते चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङस्थित राधाकृष्ण विधालयबाट विरूवा वितरण गरिएकाे थियाे ।

चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानका परिकल्पनाकार एवं संरक्षक डि पी ढकाल, बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, बागमती प्रदेश सभा सदस्य भावना श्रेष्ठ, योजना आयोग सदस्य रामकुमार फुयाँललगायत स्थानीय र अभियान्ताहरुको सहभागिता रहेको थियो ।

चाँगुनारायण नगरपालिकाको सबै वडाहरुमा अभियान्ताहरुको अठोट, प्रयास र सबै सहयोगीहरुको सहयोगले एक महिना ३ दिन भित्र छ हजार दुई सय पचास एभोकाडो बिरुवा र एक हजार छ सय अन्य फलफूलका बिरूवाहरु वृक्षारोपण गरिएको अभियान्तत तामाङले जानकारी दिए ।

विरूवा वितरणका तस्वीरहरू 

 

 


Thali Mobile Pvt.Ltd.