भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

चाँगुनारायण नगरपालिका वडा नं १ मा चारकोठे घर भत्कियो, हनुमन्ते लगायत खोलामा पानीको बहाव उच्च

चाँगुनारायण नगरपालिका वडा नं १ मा चारकोठे घर भत्कियो, हनुमन्ते लगायत खोलामा पानीको बहाव उच्च

भक्तपुर । अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशभरका विभिन्न स्थानमा असर पुर्‍याएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडामा एउटा घर भत्किएको छ ।
घर पछाडिको ढिस्को खस्दा चाँगुनारायण नगरपालिका नम्बर वडा नं १ मा बीरबहादुर केसीको जस्ताले छाएको एक तले चार कोठे घर भत्किएको हो ।

घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । भक्तपुरकॉहनुमन्ते लगायतका खोलाहरुको बहाव बढेको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन् । हालसम्म मानवीय क्षती नभएको भक्तपुर प्रहरीले जनाएको छ ।

धान खेत पनि डुबानमा परेका छन् । उद्धार गर्नुपर्ने अवस्था नरहेको भक्तपुर प्रहरीले जनाएको छ । डुवान परेका सबै स्थानमा उद्धार टोली तयारी अवस्थामा रहेको प्रहरुीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.