भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

चावहिलमा अवस्थित गंगाहीटी टोलमा बस्तीको बीचभागमा शवदाहा स्थल बनाउँदा झडप, एकजना घाइते

चावहिलमा अवस्थित गंगाहीटी टोलमा बस्तीको बीचभागमा शवदाहा स्थल बनाउँदा झडप, एकजना घाइते

काडमाठौं । राजधानीको चावहिलमा अवस्थित गंगाहीटी टोलमा बस्तीको बीचभागमा शाक्य समुदायले शव दाहा गृह बनाउँदा झडप भएको छ । बुधबार बस्तीको बीचभागमा शाक्य समुदायले शवदाहा गृह बनाउन डोजर चलाएपछि स्थानीय र शाक्य समुदायकाबीच झडप भएको हो । झडमा शवदाह बनाउन आएका युवाहरुको ढुंगा प्रहरबाट स्थानीय अगुवा मिलन जोशी घाईते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । जोशीको टाउकोमा चोटलागेको स्थानीयले जाकारी दिए ।

बस्तीको नजिकै डंगोल समुदायको शव दाहा गर्ने स्थानका विषयमा समेत विगत लामो समय देखिको विवाद कायमै रहेको छ । अझ पनि उक्त विवाद काठमाडौ महानगरपालिका र काठमाडाैं महानगरपािलका वडा नं ७ ले टुंग्याउन सकेको छैन् । डंगोल समुदायसंगको विवाद कायमै रहेको वेला पुस्तौ देखि आफ्नो समुदायकाे शव जलाउने ठाउँ भएको भन्दै शाक्य समुदायका मानिसहरु शवदाहा स्थल निर्माण गर्न गंगाहीटीको वीच सडकमा डोजर सहित पुगेका थिए ।Ganga hiti

शाक्य समुदायले डोजर बीच सडकमा  नै  चलाउन थालेपछि स्थानीयले आफ्नै आगनमा शव जलादा अप्ठेरो हुने भएकाले शवदाहा स्थल निर्माण रोक्न आग्रह गरेका थिए । स्थानीयलाई जानकारी नै नगराएर  काठमाडौं महानगरपालिकाले एकलौटी रुपमा शव दाहा निर्माण गर्न स्वीकृति दिएकाले विवाद भएको स्थानीयकाे भनाइ छ । दुवै पक्षलाई छलफलका लागि विहिबार वडा नं ७ काे कार्यालयमा बोलाइएको ।

 


Thali Mobile Pvt.Ltd.