भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो | देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा |

चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य

चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य

काठमाण्डौ । राष्ट्रिय किसान आयोगले सरोकारवाला निकायसँग छलफल गरेको छ । किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनको विषयमा आयोगले छलफल गरेको को ।

आयोगले पालिकासँग समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याबारे प्राप्त जानकारी पुर्‍याउने उद्देश्य राखेको जनाएको छ । आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक छलफल गरिरहेको छ । छलफल कार्यक्रममा रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको थियो ।

पालिकामा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था, समस्या र चुनौती र यसमा उठ्ने गरेका सवालबारे रुपन्देहीको भैरहवामा छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा सबै पालिकाले किसान सुचीकरण कार्यक्रम प्रभावकारी सञ्चालन गर्न तथा वर्गीकरणसमेत गरी परिचयपत्र वितरण गर्न राष्ट्रिय किसान आयोगको निरन्तर आग्रह गर्दै आएको जनाएको छ ।

किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र त्यसैको आधारमा राज्यबाट प्रवाह हुने कृषिसँग सम्बन्धित सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको आयोगले जनाएको छ । कृषि पेशारव्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण सङ्केत नम्बर अनिवार्य रहेकोले सफ्टवेयरमा आबद्ध हुनु आवश्यक छ ।

किसान सूचीकरण नम्बर प्राप्त गर्न किसान सूचीकरण व्यवस्थापन प्रणालीमा तोकिएको विवरण भर्नुपर्ने आयोगले जनाएको छ ।
चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत गर्ने लक्ष्य लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.