भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा १५ को मृत्यु, मृतकको संख्या बढ्न सक्ने

पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा १५ को मृत्यु, मृतकको संख्या बढ्न सक्ने

एजेन्सी । पाकिस्तानले अफगानिस्तानामा गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । मंगलबार राति अफगास्तानको पक्तिका प्रांन्तको बरमल जिल्लामा भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको हो ।

तालिवान रक्षा मन्त्रालयले हमलाको निन्दा गदै बजिरस्तानका शरणार्थीहरु पनि हमलामा मारिएको जनाएको छ । अफगानिस्तानले तालिबानी आतंककारीहरुलाई शरण दिएको पाकिस्तानको आरोप छ ।

महिला बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् । पाकिस्तानले सात गाउँलाई निशाना बनाएर गरेको हवाई आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।

घटनाबारे अधिकारीहरुले केही नबताएपनि आक्रमण अफगानिस्तानमा तालिवानहरुका लागि गरिएको बताइएको छ । आक्रमणमा अन्य धेरै नागरिक गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.