चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । तीन दिने भ्रमणको सिलसिलामा उनी नेपाल आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने परराष्ट्रले जनाएको छ । नेपाल–चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री वाङ आइतबार साँझ स्वदेश फर्कने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.