भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बन्दुकको चेपुवामा परेका द्वन्द्व पीडित शिक्षकले अदालतबाट पाए न्याय

बन्दुकको चेपुवामा परेका द्वन्द्व पीडित शिक्षकले अदालतबाट पाए न्याय

काठमाडौं । द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही माओवादी पक्षबाट दोहोरो बन्दुकको चेपुवामा परेका पीडित २५ जना शिक्षकलाई सर्वोच्चको फैसलाले राहत दिएको छ । द्वन्द्वका कारण विस्थापित शिक्षकलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश दिएपछि उनीहरुले न्याय पाएका हुन ।

जागिरबाट विस्थापित भएको मितिदेखि हालसम्मको तलवभत्ता, सञ्चयकोषलगायतको सबै सुविधा पाउने बाटो खुलेको हो । २५ जना शिक्षकहरु कालिकोटका सर्पराज सिंह (द्वन्द्व पीडित शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष), सोलुखुम्बुका प्रेमकुमार गुरुङ, भोजपुरकी कमला राई तिमल्सेना, दैलेखका एकेन्द्रबहादुर पन्त, लछीराम शर्मा ढकाल, जाजरकोटका धनबहादुर बुढा,

डोल्पाका कर्णबहादुर शाही, रामलाल विश्वकर्मा, मनराज रोकाया, काभ्रेका भरतकुमार ढुंगाना, सलामसिंह लामा, गोरखाका परशुराम भट्ट, कालिकोटकी जगदिश्वरी शाही, तुलाराज बमलगायत शिक्षकलाई लामो समयपछि राहत मिलेको छ ।

पुनर्बहालीको मागसहित पीडित शिक्षकहरुले रिट दिएका थिए । द्वन्द्वका कारण जागीर गुमाएका उनीहरूले २०७१ सालमा सर्वोच्चको न्यायका निम्ति घचघच्याएका थिए । २०६३ सालमा तत्कालीन राज्य पक्ष र विद्रोही माओवादी पक्षबीच विस्तृत शान्ति–सम्झौता भएपछि पनि पुनर्वहाली नभएपछि पीडित शिक्षकहरुले सर्वोच्च अदालत धाउनुपरेको थियो ।

अदालतको फैसला र पीडित शिक्षकका बारेमा कैलाश खबर एचडिमा हामीले शिक्षक सर्पराज सिंहसंग कुरा गरेका छौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…..

 


Thali Mobile Pvt.Ltd.