भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चिसिएकाे सम्बन्ध ? भारतीयको दौडाहा सुरु

चिसिएकाे सम्बन्ध ? भारतीयको दौडाहा सुरु

काठमाडौं । देउवा नेतृत्वको सरकार गठन भएसँगै नेपाल भ्रमणका आएका भारतीय सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएका छन् ।

मोदीका ‘दूत’ का रूपमा चारदिने भ्रमणमा आएका चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनीहरूकै निजी निवासमा पुगेर भेट गरे ।

आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटार भेटवार्ता गरे । नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको नेताहरुले बताएका छन्।

२०७७ जेठमा नेपालले कालापानी, लिपुलेकसहितको चुच्चे नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिदै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.