भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

ओलीको छलकपटमा नपर्न माधव नेपालको एमाले नेतालाई आह्वान

ओलीको छलकपटमा नपर्न माधव नेपालको एमाले नेतालाई आह्वान

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी विद्रोहमा उत्रिन नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि नेपालले यस्तो अपील गरेका हुन् ।
नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ।’

पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गरेको भएता पनि ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भएको नेपालले प्रष्ट पारेका छन् ।

कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन नेपालले अपील गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.