भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

चीनबाट अक्सिजन आयात

चीनबाट अक्सिजन आयात

रसुवा, । जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले पोटेबल ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पुयाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ । विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ–दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४०० सिलिण्डर व्यवस्थापन भइसकेको छ ।

अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन् । जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.