भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सात फरार प्रतिवादी पक्राउ

सात फरार प्रतिवादी पक्राउ

गोदावरी, । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए । प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ । उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।

उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ । त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते रु ५०० जरिवाना भई फरार रहेका धनगढी उपमहानगरपालिका–१ बस्ने शत्रुजित जोशीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । अन्य पक्राउपर्नेमा वन मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–१७ बस्ने वर्ष १८ का अमन चौधरी, सोही ठाउँका वर्ष २९ का कृष्ण राना, वर्ष १८ का अभिषेक चौधरी र वर्ष ३० का बब्लु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

उनीहरुलाई २०७८ साउन ८ गते गौरीगङ्गा नगरपालिका–६ मा विनाइजाजत वन पैदावार ओसारपसार गरेको अभियोगमा डिभिजन वन कार्यालयले मुद्दा दायर गरी वन ऐन, २०७६ को दफा ५८२ बमोजिम जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । आवश्यक कानूनी कारवाहीका लागि चारै जनालाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.