भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चुच्चे नक्सा निकाले पनि कालापानी क्षेत्रमा भएन जनगणना

चुच्चे नक्सा निकाले पनि कालापानी क्षेत्रमा भएन जनगणना

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले सरकारलाई कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना किन नभएको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सभाको शून्य समयमा बोल्दै कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा प्रश्न उठाएका हुन् ।

‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन छुटेको हो ?’उनले भने । उनले उक्त क्षेत्रको जनगणना नहुँदा राम्रो सन्देश नगएको टिप्पणी गर्दै २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै प्रश्नसमेत गरे । कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नहुनु नेपालको लाचारी पन भएको तर्क समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.