काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना गरेको छ ।
आयोगले ५ हजार जरिबाना गरेको हो । रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुने गरी
निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

