चौतर्फि आलोचना भएपछि भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

चौतर्फि आलोचना भएपछि भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारको काम उपचारबाट पन्छिएर तथ्याङ्क मात्रै भन्ने भनेर चौतर्फि आलोचना भएको छ । सरकार नागरिकको जीवनरक्षाबाट भागेको भन्ने आरोप पनि जतासुकै लाग्न थालेको छ । अब सातामा दुई दिन आइतबार र बुधबार मात्रै प्रेस ब्रिफिङ हुने र अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने भएको छ।

 


Thali Mobile Pvt.Ltd.