भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

च्यापिएर चालकको मृत्यु

च्यापिएर चालकको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा मोड्ने क्रममा ट्र्याक्टरको दाँयापट्टीको बीचको र पछाडिको चक्का धसेर अचानक अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.