भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

छठ पर्वकाे राैनक सुरु

छठ पर्वकाे राैनक सुरु

काठमाडौं । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी अर्थात आज छठको पहिलो दिन हो । यस दिनलाई ‘नहाय खाय’ भनिन्छ । बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिने दिन हो आज । एक छाक मात्र खाएर व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् ।

शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइने गरिन्छ । प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरि देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू समावेश छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ । त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ ।

शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ । यसैबीच अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बनाएका सामाग्रीहरु छठको पूर्व सन्ध्यामा जोहो गर्न अहिले भ्याइ–नभ्याइ हुन्छ । यो पर्व आय आर्जनको अवसरका रुपमा पनि लिने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.