भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन । एक वर्षको तथ्याङ हेर्दा २०७९–०८० मा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । बाघ र गैँडाको आक्रमणबाट पाँच–पाँच जना रहेका छन् भने हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको,

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको र सामान्य घाइते २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.