‘जमघटमा सहभागि हुन नदिन स्थानीय तहलाई निर्देशन’

‘जमघटमा सहभागि हुन नदिन स्थानीय तहलाई निर्देशन’ image

काठमाडौं । ‘काेभिड-१९’ काे संक्रमण राेक्न ७ सय ५३ वटै स्थानीय तहलाई ठूला जमघट नर्गन निर्देशन दिदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वसाधारणलाई सतर्क गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि ध्यानाकर्षण पत्र समेत पठाएको छ । ठूला जमघट हुने खालका कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन नदिन र सजकता अपनाउन आग्रह गरेको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले बताए ।

सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली एलर्टमा राखेर परीक्षण गर्ने व्यवस्था समेत मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

विश्वमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाउन र नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रवि लामिछानेको अनुसन्धान: रुपन्देहीमा के हुँदैछ ? image

    रवि लामिछानेको अनुसन्धान: रुपन्देहीमा के हुँदैछ ?

    काठमाडौं । साढे तीन सातादेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका क्रममा रुपन्देहीमा बयान दिएका छन् ।...

  • आहा सुन्दर ‘बुकीपाटन’ किन बन्यो सुनसान ? image

    आहा सुन्दर ‘बुकीपाटन’ किन बन्यो सुनसान ?

    काठमाडौं । गोठालाहरु बेँसी झरेपछि ढोरपाटनको बुकीपाटन सुनसान बनेको छ । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला चिसो बढेसंगै बुकीपाटनमा...

  • राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन image

    राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन

    बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य...

  • युएईसँग भिड्दै नेपाल image

    युएईसँग भिड्दै नेपाल

    काठमाडौं । आईसीसी यु १९ महिला टी २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ ।प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक...


hotelghyampedanda