भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

जलवायु परिवर्तनको असर कृषिमा

जलवायु परिवर्तनको असर कृषिमा

सुर्खेत । स्याउ चैतमा फुल्छ, वैशाखमा फल लाग्दछ । तर, अघिल्लो वर्ष मुगुको गमगढी आसपासका किसानको बगैंचामा मंसिरमै स्याउ फल्यो । समयभन्दा अगाडि नै स्याउ फलेपछि किसान अचम्ममा परे । बेसिजनमा स्याउ फलेपछि अशुभ हुने भन्दै कोही चिन्तित पनि बने।

स्याउको राजधानी भनेर चिनिने जुम्लामा पनि पछिल्ला वर्षमा यस्तै हुन थालेको छ । अर्थात् किसानको बगैंचामा बेमौसममा पनि स्याउ फुल्न थालेको छ, फल्न थालेको छ । चन्दननाथ नगरपालिकास्थित रोकायाबाडाका किसान प्रेमबहादुर रोकाया त्यतिबेला आश्चर्यमा परे, जब चैतमा फुल्नुपर्ने स्याउ असोजमै फुल्यो ।

वैशाखमा फल लाग्नुपर्ने कात्तिकमै लाग्यो । बेसिजनमा स्याउ फल्न थालेपछि किसान आश्चर्यमा छन् । हिमाली जिल्ला डोल्पाको जुफालमा पनि वैशाखमा फल्नुपर्ने स्याउ पुसमा फल्यो । स्थानीय किसान अजय बुढा भन्छन्, ‘यो त अनौठो भयो।

पुसमा पनि स्याउ फल्यो। यस्तो आजसम्म भएको थिएन। वैशाखतिर फल्ने र साउनतिर पाक्ने स्याउ पुसमा पो फल्न थाल्यो।’ विगत १५ वर्षदेखि स्याउको खेती गर्दै आएका जुम्लाको कनकासुन्दरी–२ का किसान रामबहादुर बुढाको बगैंचामा अघिल्लो वर्ष कात्तिकमा स्याउ फल्यो।

Mohotsav


Thali Mobile Pvt.Ltd.