काठमाण्डौ । विश्वव्यापी तापक्रम बढ्दै जाँदा मौसम प्रणालीमा व्यापक परिवर्तन देखा परेका छन् । त्यसले खडेरी, आँधी र बाढी जस्ता घटनालाई अझ तीव्र र अप्रत्याशित बनाइ रहेको छ ।
जलवायु परिवर्तनले गम्भीर खडेरी र बाढीको सम्भावना बढाउँन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।
विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेको छ । ताता दिन बढ्दै गएको र चिसा दिन घट्दै गएको विज्ञहरुको भनाइ छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ ।
अहिलेसम्मकै उच्च तापक्रम रहेको रेकर्ड गरिएको छ । दुइ सय ५० वर्ष पहिले पूर्वऔद्योगिक युग सुरु भएदेखि नै ग्रह १.१ डिग्री सेल्सियस (१.९ डिग्री फरेनहाइट) तातेको छ। यदि जलवायु परिवर्तनका कारण अर्थात्, जीवाश्म ईन्धनहरू (कोइला, तेल, र ग्यास) को जलाउने कारणहरू समाधान गर्न असफल भयौं भने २१०० सम्म ४ डिग्री सेल्सियस (७.२ डिग्री फरेनहाइट) को सबैभन्दा खराब स्थितिमा पुग्न सक्ने वैज्ञानिकले चेतावनी दिएका छन्।
