भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

ट्रम्पविरुद्ध ७ आपराधिक मुद्दा दर्ता

ट्रम्पविरुद्ध ७ आपराधिक मुद्दा दर्ता

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्व ७ मुद्वा दर्ता भएको छ । अहिले फेरि गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने तयारी भएको छ । ह्वाइट हाउस छाडे पछि ट्रम्पले सयौं गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ ।

अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेको जनाएका छन् । ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन् ‘मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि भनिएको छ।’

मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो । केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए। आफूविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले थप असन्तुष्टि व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.