भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जलस्रोत विभागका पूर्व महानिर्देशकविरुद्ध तीन करोड भ्रष्टाचार मुद्दा

जलस्रोत विभागका पूर्व महानिर्देशकविरुद्ध तीन करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका पूर्व महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजभण्डारीको तीन करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही बराबर बिगो भराउन र सम्पत्ति जफतको माग गर्दै सोमबार मुद्दा दायर गरेको हो ।

कैद सजायको माग गर्दै उनले आफ्नो अवैध आर्जन पत्नी दीपा श्रेष्ठको नाममा समेत राखेको अख्तियारले दाबी गरेको छ। स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग अख्तियारको छ ।

२०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका राजभण्डारी २०७६ कात्तिकदेखि २०७८ साउनसम्म विभागको महानिर्देशक बनेका थिए ।

जागीरको समयमा राजभण्डारीको कुल आय सात करोड ४२ लाख २९ हजार रुपैयाँ भएपनि त्यसमध्ये वैध आम्दानी तीन करोड ८५ लाख ५१ हजार रुपैयाँ देखिएको अख्तियारले दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.