भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जलस्रोत विभागका पूर्व महानिर्देशकविरुद्ध तीन करोड भ्रष्टाचार मुद्दा

जलस्रोत विभागका पूर्व महानिर्देशकविरुद्ध तीन करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका पूर्व महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजभण्डारीको तीन करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही बराबर बिगो भराउन र सम्पत्ति जफतको माग गर्दै सोमबार मुद्दा दायर गरेको हो ।

कैद सजायको माग गर्दै उनले आफ्नो अवैध आर्जन पत्नी दीपा श्रेष्ठको नाममा समेत राखेको अख्तियारले दाबी गरेको छ। स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने माग अख्तियारको छ ।

२०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका राजभण्डारी २०७६ कात्तिकदेखि २०७८ साउनसम्म विभागको महानिर्देशक बनेका थिए ।

जागीरको समयमा राजभण्डारीको कुल आय सात करोड ४२ लाख २९ हजार रुपैयाँ भएपनि त्यसमध्ये वैध आम्दानी तीन करोड ८५ लाख ५१ हजार रुपैयाँ देखिएको अख्तियारले दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.