भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने मन्त्री यादवको जवाफ

साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने मन्त्री यादवको जवाफ

काठमाडौं । नेपलमा मल अभाव भएपछि चौतर्फि रुपमा विरोध भइरहेको छ । मानो रोपेर मुरी उत्पादन गर्ने वेलामा पनि मल नपाउनु सरकारको गैरजिम्मेवारी पन हो भन्दै किसानहरुले आन्दोलन गरेका वेला कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गरेका छन् ।

प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने जवाफ दिएका हुन । सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुङ्गो लगाउने बताउदै उनले नेपालमा मल आयात गर्दा पनि अभाव भइरहेको जानकारी दिए ।

मन्त्री यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गर्दै गृह मन्त्रालयले समयमा भुक्तानी नदिएको आरोप समेत लगाए । उनले सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउन पहल भइरहेको बताउँदै रासायनिक मलको सट्टा नानो युरिया मल आयात भइरहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.