भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाण्डौवासीलाई पानीको अभाव हुन नदिने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाण्डौवासीलाई पानीको अभाव हुन नदिने मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं । अर्बाैँ रुपैयाँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका पानी उपत्यका ल्याउन बन्द गरिएको खानेपानी मन्त्री उमाकान्त चौधरीले बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले सुरुङको सुरक्षाका लागि पानी बन्द गरिएको बताएका हुन ।

उनले भने ‘अर्बाैँ रुपैयाँको लगानीमा बनेको सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, त्यो ठाउँमा जडित ’अर्ली वार्निङ सिस्टम’ र विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा योजना सञ्चालन वर्षायामसम्मका लागि बन्द गरिएको हो । वर्षायाममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने बित्तिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना छ ।’

मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै आयोजनाको पानी काठमाण्डौ ल्याउने काम सुरु हुने बताए । यो अवधिमा काठमाण्डौवासीलाई पानीको अभाव हुन नदिन बाग्मतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पथान्तरण गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरूको क्षमता बढाउने र अन्य स्रोतको उपयोग गर्ने कामहरू भइरहेको उनले बताए ।

मन्त्री चौधरीले काठमाण्डौ उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए । उनले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको समेत जानकारी दिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.