भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

स्वास्थ्य संस्थाले थेग्ने अवस्था नभएपछि घाइतेलाई राजधानी ल्याउने तयारी, जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

स्वास्थ्य संस्थाले थेग्ने अवस्था नभएपछि घाइतेलाई राजधानी ल्याउने तयारी, जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

खलंगा । भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु  छ । खोज र उद्धारको काम जारी रहेको प्रहरीले बताएको छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु घाइत र विरामीले भरिएका छन् ।

ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेपछि अहिले राजधानी ल्याउने तयारी भएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् । बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ ।

नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ । जिल्ला अस्पतालमा १०० जना बिरामी छन् भने ३१ जनाको मृत्यु शव राखिएको छ । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीको भनाइ छ ।

ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था छ । बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु अवरुद्ध छन् ।

 


Thali Mobile Pvt.Ltd.