भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भूकम्प अपडेटः अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२८ बढीको मृत्यु

भूकम्प अपडेटः अहिले सम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२८ बढीको मृत्यु

काठमाडौं । जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले हाल सम्म १२८ बढीको मृत्यु भएको छ । रुकुम पश्चिममा एक सय ३६ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा एक १५५ बढी घाइते भएका छन् । भूकम्पका कारण जाजरकोट मात्रै ९२ जनाको मृत्यु भएको छ । ७० जनाबढी घाइते भएका छन् । यता रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली खटिएको छ ।

उद्धार तथा राहतमा जुट्न सबैलाई अपिल
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउदै विपदको घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल गरेका छन् । ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो क्षेती पु¥याएपछि प्रधानमन्त्रीसहितको टोली जाजरकोट गएको छ ।

दैलेख, जुम्ला, कालिकोटमा पनि घर चर्किए
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले दैलेख, जुम्ला, कालिकोट, सुर्खेतमा पनि घरहरु चर्किएका छन् । सुतेकै कोठाको पर्खाल भत्किएका छन् भने घरका केहिभाग चर्किएका छन् । भौतिक क्षति भएपनि यस क्षेत्रमा मानवीय क्षति नभएको गाउँपालिका /नगरपालिका मेयर/अध्यक्षले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.