भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जाडोबाट बच्न के के गर्ने ? शरीरलाई न्यानो बनाउन कुन खाने कुराहरु खाने ?

जाडोबाट बच्न के के गर्ने ? शरीरलाई न्यानो बनाउन कुन खाने कुराहरु खाने ?

काठमाडौं । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। जाडो महिनामा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छन । चिसोबाट बच्न खानेकुरामा मानिसहर धेरै खर्च गर्ने गर्छन । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ। चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन्। चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग(सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ। जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

अदुवा : अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईने भएकाले चिसो मौसममा स्वास्थ्य रहन मदत गर्दछ । यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउछ भने एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु समेत हटाउन मदत गर्दछ । अदुवा हाम्रो भान्सामा सहजै पाइने मसला हो ।

तील : मानिसहरु तीलका बिभिन्न परिकार बनाएर खाने गर्दछन् । जाडो महिनामा तीलको प्रयोग गर्दा शरीरलाई न्यानो मात्र होइन शरिरको पाचन प्रणालीलाई समेत सफा राख्न मदत पुर्‍याउ छ । हाम्रो भान्छामा प्रयोग हुने तील पनि सहजै पाईने खानेकुरा हो ।

बदाम : जाडो महिनामा नियमित बदाम खानाले स्वास प्रस्वासमा हुने समस्याबाट समेत छुट्कारा पाइन्छ । बदाममा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने भएकाले मोटोपन घटाउन समेत यसले मदत गर्दछ । यति मात्रै होइन यसको प्रयोगले हाम्रो शरीर न्यानो हुन्छ र शरीर फिट राख्न समेत मदत गर्दछ ।

लसुन : लसुनको नियमित प्रयोगले टाउँकोमा हुने समस्या समेत कम गर्छ । लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । लसुनले शरीरलाई न्यानो राख्नुका साथै मानव शरीरमा भएको कोलेस्ट्रोल समेत घटाँउन मदत गर्द छ ।

दालचीनी : जाडोमा दालचीनी मसलाहरुमा मिलाएर खाँदा फाईदा हुने भएकाले यसको प्रयोग शरिरका लागि फाइदा जनक मानिन्छ । जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ । चिसो मौसममा तातो खाना मात्र नभइ शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुने गर्छ । स्वादका लागि मात्र तातो खानेकुरा नखाइ शरीरको ताप बढाउने खाले खानेकुरा खानुपर्ने चिकित्समको सुझाव छ।

चिसोबाट बच्ने उपाय

खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने

ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने

तुलसी, अदुवा, महको नियमित सेवन गर्ने

घाम ताप्ने, तेलले मालिस गर्ने

बाक्ला, उनीका लुगा लगाउने

छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने

 


Thali Mobile Pvt.Ltd.