रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा गत जेठ १० गते राति उच्च जातिय अहंकारमा जे भयो त्यो २१ औं शताब्दीमा पनि नेपाली समाजमा रहेको जातिय बर्बताको उदाहरण हो । मानिसले मानिसलाई गर्ने पे्रम जो यो समाजले अन्तरजातीय प्रेम भनेर नाम दिएको छ ।
यही अन्तरजातीय भनिने विवाहकै कारण ६ जनाको मृत्युको समाचारले वास्तवमै मानिसको मस्तिष्कमा यतिखेर खैलाबैला मच्चाइरहेको छ । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नवराज वि.कलाई उनको प्रेमिकाले बोलाएपछि साथीहरु सहित प्रेमिका लिन गएका नवराज बि.क. र उनका साथीहरुको निर्ममता पूर्वक कथित उपल्लो जातका (मल्ल) भनिने मानिसहरुको जमातले गरेको हत्याले नेपाली समाजमा रहेको विकृति र विसंगतीको चरित्र उदंग्याएको छ ।
जातिय उचनीचका नाउँमा प्रेम सम्बन्धमा बाँधिएको एउटा कलिलो प्रेम विछोड गराउन त्यहाँ सम्पुर्ण गाउँले मिलेरै मच्चाइएको रक्तपातले हाम्रो चेतना माथि र समग्र मानव समुदायको मानवीयतामाथि नै कलंक लगाइदिएको छ । मानिस चेतनशील प्राणीका रुपमा चिनिन्छ । यो घटनाले प्रश्न खडा गरिदिएको छ के हामी चेतनशील प्राणी हौं त ?
यो घटनाले आफैमाथि हजारौं प्रश्नहरु उठिरहेको भान हुन्छ । कसले बनायो यो जातको कुरा ? भन्दै कुर्लन मन लाग्छ । नेपाल समाजवाद उन्मुख राज्य हो भनेर भनिरहेको अवस्थामा जुन ठाउँबाट सामन्ती व्यवस्थाको समूल नष्ट गरी जनवादी व्यवस्था लागु गर्न संघर्ष गरिएको थियो । जसलाई जनयुद्धको केन्द्रविन्दुको रुपमा चर्चा गरिन्छ ।
हो आज त्यही रुकुम जातीय विभेदको पक्षमा उभिदा सिद्धानत र नियत माथि नै प्रश्न उब्जिरहेको छ । क्रान्तिकारीहरुले सपना देख्नु पर्छ, सपना अथवा पूर्वानुमान वा पुर्वदृष्टि वा पुर्व आकाङ्क्षा केही नभैकन विपनामा कुनै वस्तु कसैलाई एक्कासि प्राप्त हुदैन । क्रान्तिकारी हुनुको नाताले सर्वप्रथम वर्गविहीन राज्य समाजवादी समाज देख्नु नै क्रान्तिकारीका प्रमुख उद्देश्य हुन ।
यी प्रमुख उदेश्यहरूले जतिवेला रुकूमका गल्ली–गल्ली अनि गाउँघरका भित्ता–भित्ता गुन्जायमान हुन्थ्ये तर आज अन्तरजातीय प्रेमका कारण सारा गाउँलेद्धारा क्रुरतापुर्ण गरिएको नवराज वि.क. र उनका साथीहरुको कुटीकुटी लखेटेर गरिएको निर्मम हत्याले उनीहरुको नियतमाथि सङ्का गर्ने थुप्रै ठाउँहरु छन् ।
रुकुम आफैमा जातिय छुवाछुुत मुक्त जिल्ला हो । तर शब्दमा मुक्त गरेर नहुदो रहेछ । जनयुद्धका बेला कैयौं जातीय विभेदको अन्तय भएको दाबी गरिएको थियो । तर आज पश्चिम रुकुमको चौरजहारीमा भएको जातिय छुवाछुतको चरम बर्बरताको जति निन्दा गरे पनि कमै हुन्छ ।
यो घटनाले हाम्रो समाजको चेतनास्तरमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । वास्तवमै भन्ने हो भने जति राजनीतिक र सामाजिक जागरुकताको कुरा गरे पनि खोक्रा कुराले केही परिर्वतन हुन्न भन्ने कुरालाई यो विभेदले पुष्टी गरिदिएको छ ।
विश्व आधुनिकताको नाउँमा चरम परिवर्तन गरेर मानव समाजमा एउटा नयाँ युगको विगुल फुकिरहेको वेला धार्मिक वा आध्यामिक क्षेत्रमा आधारीत ज्ञानले मानव मनमुटु मानवीयताका नाउँमा केवल धड्किनुपर्छ भन्ने मान्यता राख्नु पर्नेमा रुकुम घटनाले मानव कति पछि छ भन्ने कुराको संकेत पनि गरि दिएको छ ।
मुलुकमा मुलुकी ऐन मार्फत जातीय छुवाछुतको अन्त्य गरेको धोषणा पनि दशकांै वितिसक्दा पनि यस्ता घटनाले आम मस्तिष्कलाई बेलाबेला तरंगीत बनाउने गर्दछ । यस्ता कुप्रथाको जरो कति गहिरो छ भन्ने साक्षीको रुपमा यो घटना देखिएको छ ।
अपरिपक्क प्रेमले निम्त्याएको हात्सा
प्रेमिकाले बोलाएपछि नवराज वि.क. १८ जनाकासाथ प्रेमिकाको गाउँ पुगेका थिए होला । अपरिपक्क प्रेमले विउत्याइदिएको हत्साका रुपमा पनि हामीले यो घटनालाई विशलेषणको कोणमा राख्न सक्छौँ । कुनै जातिय विभेद नभइकन १८ जनाको समुहमा अर्काको गाउँमा त्यो पनि कसैको छोरीलाई भगाउने अभिप्रायले जाँदाखेरी तीनका अकर्मण र घमण्डले निम्त्याइएको त्यो घटनापनि हुन सक्छ ।
यसो भन्दै गर्दा फेरि अपराधीलाई माफ भने कडापि गर्न सकिदैन । आफ्नो प्रेमीकाले बोलाउदा नवराज पक्कै एक्लै गएका भए सायद यो नरसंग्रार नहुन सक्थ्यो कि । एउटा भिड भित्रको घमण्ड त्यो अर्काे भिडले नबुझदाको परिणाम पो हो कि ?
एउटी छोरीलाई जो कोहिले भगाएर लान लागेको जो कोहि आमाबुबालाई थाहा भयो भने पक्कै पनि आफ्नो छोरीलाई रोक्नका लागि जस्तो पनि कदम चाल्न सायद कुनै नि आमाबुबाहरु पछि पर्दैन जस्तो लाग्छ । नवराज वि.क. का ठाउँमा यदि नवराज शाही वा नवराज उपाध्याय बाहुन नै भएता पनि तीनीहरु पनि त्यसको सिकार हुनेमा कुनै शंका देखिन्न । तर प्रश्न आउछ जस्तो घमण्ड वा जस्तोसुकै अहंकार भएता पनि मान्छेको नरसंहार गर्न पाइदैन ।
कानुन छ, विधि छ कयौं उपायहरु प्नि छन्, ति अपनाउन सकिन्थ्यो । प्रेम गर्नु पाप होइन, तर प्रेमको नाँउमा अपरिपक्क प्रेमजोडीका निर्णयले विउत्याउछन् यस्ता कयौं नेपाली मनमस्तिष्क नै खेलावैला गरिदिने घटना । यिनै कुरालाई आधारमा राखि रुकुम घटनालाई जातिय रङ्गबाट मात्र हेरिदाखेरि अलि न्यायोचित देखिन्न ।
जातीय विभेदका कयौँ डरलाग्दा रङ्गहरु
जातिय विभेदका कयौँ घटनाले समाजमा जरानै गाडीवसेका छन् । हो, जातिय विभेदका चरम जराले दलितमाथिको विभेदको सिमा नै नाधिसकेका छन । दलित भएकै कारणले समाजमा दुव्र्यवहार भोग्नु परेका कयौैं दलितले यस्तो व्यवहार सहन नसकि आत्महत्याको बाटो रोज्न वाध्य भएका तितो सत्य हामी माझ छ ।
दलित नै भएका कारण मन्दिर प्रवेशमा रोक, सामाजिक कार्य सहभागितामा रोक, किरियापुत्री बस्ने सार्वजनिक भवन प्रयोगमा समेत रोक जस्ता अमानवीय दुव्र्यवहार भोग्नु परेको कैयौं घटना हाम्रो समाजमा घटेकै छन् । मुलकी ऐनमार्फत जातीय छुवाछुत अन्त्यको घोषणा गरिएको आधा शताब्दी बितिसक्याे ।
तर जातिय विभेद गर्नेलाई दण्डनीय बनाउँदा पनि दलितमाथि भैरहेको विभेदले अमनचयन तयगर्न आजको दिनसम्म पनि नसक्नु दुःखको कुरा हो । २१ औं शताब्दीको चेतनशील मानवका मुटुको धडकन मात्र मानवीयताको नाउँमा धड्कनु पर्छ भने सम्पुर्ण किसिमको विभेदको अन्त्य जरै देखि गरिनु पर्दछ ।
निष्कर्ष :-
रुकुम घटनालाई जातिय विभेदको रङ्गका दृष्टान्तबाट भन्दा पनि अपराधिक हत्याराका दृष्टीकोणबाट हेरिनु पर्दछ । घटनामा जो सुकै भएपनि अपराधी उम्किन पाउनु हुँदैन । सुक्ष्म तरिकाले छानविन गरि दोषीलाई हदै सम्मको कारबाही हुनु पर्छ । कुनै किसिमको रवाफ र दबाबमा नपरि वास्तविक अपराधिलाई कानुनको दायरामा ल्याउनै पर्छ । जातिय विभेद मात्र होइन सम्पुर्ण विभेदको सदाका लागि अन्त्य गर्नु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएको देखिएको छ । खरिद गरेको...
काठमाडौं । बृहत् शान्ति सम्झौता भएको पनि १७ वर्ष पुरा भएको छ । युद्धका घाउमा अझै मलहम लगाउन सकिएको छैन । अशान्ति फेरी हुन थालिसकेको छ । त्यही शान्ति...
हो म सानो छु किनकी मेरो कद सानो छ । उमेर सानो छ, सायद सोच पनि सानै होला ? तिमी ठूलो छौ, किन कि तिम्रो उचाईं ठूलो छ तर,...
विश्वमा धेरै धर्म छन् । अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्म–धर्मको बीच आलोचना गर्नु राम्रो पक्ष होइन । संसारमा धर्मकै कारण कयौँ युद्धहरू भएका छन् । कयौँ मानिसको...