भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५ हजार ३ सय २ औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वतः खारेज

५ हजार ३ सय २ औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वतः खारेज

काठमाडौं, ०२ असार । औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३ सय २ वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जनाएको छ ।

मंगलबार जारी गरिएको सूचनामा विभागले कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको हो ।

विभागका अनुसार नवीकरण अवधि समाप्त भइसकेका तथा तोकिएको समयभित्र नवीकरण नगरिएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः खारेज भएको हो । औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्था तथा सोही दफाको उपदफा (५) अनुसार अनुज्ञापत्र, सिफारिस पत्र र प्रमाणपत्रको अवधि तथा नवीकरण सम्बन्धी प्रावधान लागू गरिएको विभागले जनाएको छ ।

विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः खारेज भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ । कानुनी प्रावधानअनुसार सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउन उक्त सूचना प्रकाशन गरिएको विभागको भनाइ छ ।

प्रमाणपत्रको म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि बिक्री तथा वितरण व्यवसाय सञ्चालन गर्न नपाउने विभागले स्पष्ट गरेको छ ।

यसैबीच, विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक कानुनी प्रक्रिया तत्काल पूरा गर्न आग्रह गरेको छ । साथै औषधि बिक्री वितरण गर्दा प्रचलित कानुन तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिँदै जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनीसमेत दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.