भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

बर्खा शुरु भएसँगै बागलुङका उच्च पहाडी भेगमा गोठालाहरुको चहलपहल

बर्खा शुरु भएसँगै बागलुङका उच्च पहाडी भेगमा गोठालाहरुको चहलपहल

मुख्य बुँदा:

बर्खा सुरु भएसँगै उच्च पहाडी क्षेत्रमा गोठालाको चहलपहल

हिउँदमा बेँसी झरेका गोठालाहरू फेरि लेकतर्फ उक्लिए

ढोरपाटन, निसीखोला, तमानखोला क्षेत्रमा पशुपालन प्रमुख जीविकोपार्जन

३ हजारदेखि ४ हजार ८ सय मिटर उचाइका बुकीपाटनमा बसाइ

चार महिनासम्म लेक–बेँसी परम्परा निरन्तर

काठमाण्डौ, १ असार । बर्खा शुरु भएसँगै पश्चिम बागलुङका उच्च पहाडी भेगमा चहलपहल बढ्न थालेको छ । हिउँदमा बेँसी झरेका गोठालाहरु पाटनतर्फ लागेका छन् । उनीहरू फेरि लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन् ।

बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट क्षेत्रका अधिकांश किसान पशुपालनमै निर्भर छन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने भएकाले बेँसीमा घाँसले मात्र धान्न नसक्ने हुँदा वर्षेनि लेक–बेँसी गर्ने परम्परा उनीहरूको जीवनशैली बनेको छ ।

गोठालाहरू झण्डै चार महिनासम्म समुद्री सतहदेखि तीन हजारदेखि चार हजार आठ सय मिटर उचाइका बुकीपाटन र आसपासका चरन क्षेत्रमा बस्नेछन् । त्यहाँ पर्याप्त घाँस पाइने भएकाले उनीहरू महिनौँसम्म त्यहीँ वस्तुभाउ चराउँदै बस्छन् ।

लेकतर्फ उक्लँदा गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न, लत्ताकपडा र दैनिक आवश्यक सामग्री बोकेर जाने गर्छन् । यस अवधिमा टेलिफोन र विद्युत् सुविधा नहुने भएकाले परिवारसँगको सम्पर्क पनि सीमित हुन्छ ।

आकस्मिक बिरामी वा खर्च सकिए मात्र उनीहरू बेँसी फर्कने गर्छन् । ढोरपाटन क्षेत्रको बुकीपाटनमा भने अहिले नै बागलुङ मात्र होइन, रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका गोठालाहरू भेडा लिएर पुग्न थालेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.