भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं, ०२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

आयोग स्रोतका अनुसार पासपोर्ट खरिदसँग सम्बन्धित प्रकरणको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो । उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापाको समेत संलग्नता रहेको बताइएको छ । 

स्रोतका अनुसार यस घटनासँग सम्बन्धित अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई हाल सुरक्षा निगरानीमा राखेर थप अनुसन्धान भइरहेको अख्तियार निकट स्रोतले जनाएको छ । घटनाबारे आयोगले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले थप तथ्यहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.