भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

जेठ १० पछिमात्रै यार्साका लागि पाटन खुलाइने

जेठ १० पछिमात्रै यार्साका लागि पाटन खुलाइने

डोल्पा । आगामी जेठ १० गते देखि मात्रै औपचारीक रुपमा यार्सागुम्बाका लागि पाटन खुला गर्ने भएको छ । सदरमुकाम दुनैमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पुर्ण यार्सागुम्बा पाटनहरु खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताए ।

बैठकबाट यार्सा खुला गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको हो । प्रत्येक बर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटनहरुमा बिसौं हजार सर्वसाधारणहरु यार्सागुम्बाको खोजीका लागि पुग्ने गर्दछन् ।

यार्सागुम्बा टिप्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ । मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्ला भित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

सरोकारवालाको बैठकले १० जेठमा पाटन खुला गर्ने निर्णय गरेपनि निकुञ्ज र वन क्षेत्रका यार्सापाटनहरुमा लुकिछिपि अवैध रुपमा गएका मान्छेहरु भने भरिभराउ भइसकेका छन् । यार्सा सिजनमा चिसो, लेक लागेर र भिरबाट लडेर ज्यान गुमाउने घटना हुने गरेका छन् ।

डोल्पामा व्यवसायिक यार्सा संकलन सुरु २०४० साल देखि भएको हो । २०७५ साल देखि यता १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

गत साल छोडपुर्जी र संकलन इजाजत बितरणबाट निकुञ्जले दुई करोड तीन लाख राजश्व संकलन गरेको थियो । बर्षेनी लाखौँ राजश्व उठाएपनि संकलकको स्वास्थ्य बिमा भने गरिंदैन । निकुञ्जले राजश्वमात्र लिने र जोखिमको ग्यारेन्टी नगर्नाले सर्वसाधारण मर्कामा परेको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए ।

 


Thali Mobile Pvt.Ltd.