२८ जेठ २०७७, कालीकोट । टिप्पर दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सेनाको हेलिकप्टरमा कालिकोट पुगेर सुर्खेत फर्किएका छन् ।
बिहान कर्णाली करिडोरअन्तर्गत श्रीखोली मन्दिरनजिकै ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना हुदा रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की, २३ वर्षकी शर्मिला सार्कीको ज्यान गएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । घाइते ८ जनामध्ये ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।
गम्भीर अवस्थामा रहेका २ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । टिप्पर चालक रास्कोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षका रङ्गनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...