भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

टी–२० विश्वकप क्रिकेट : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित

टी–२० विश्वकप क्रिकेट : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज बिहान भएको ओमानसँगको खेल नामिबियाले सुपर ओभरमा जितेको हो । सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले खेल जितेको हो । यसअघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले चार विकेट लिएका थिए । जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए । अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.