काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
८ वैशाख (२१ अप्रिल) नेपालमा आउन लागेको मन्त्रालयका सचिव डा. रोसन पोखरेलले बताए । पोखरेलले भने, ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।’
डब्लुएचओको ध्यान अहिले नेपालमा परेको र नेपालमा रहँदा डा.टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।
महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि नेपाल आउने कार्यक्रम रहेको छ ।
