भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध

चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध

वासिङ्टन, । संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ। मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले भनेका छन्, उक्त भ्रमणले एक चीन सिद्धान्त र तीन चीन अमेरिका संयुक्त विज्ञप्तिको शर्तहरूको गम्भीर उल्लङ्घन गर्दछ। हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौं।

ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिहरूलाई, नत्र यसले चीन अमेरिका सम्बन्ध र ताइवान स्ट्रेटमा शान्ति र स्थायित्वलाई अझ कमजोर बनाउन नपरोस प्रवक्ताले भनेका छन्। ूचिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ प्रवक्ताले थपे। सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, न्यू जर्सीका डेमोक्र्याट र दक्षिण क्यारोलिना रिपब्लिकन लिन्डसे ग्राहमको नेतृत्वमा अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान आइपुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.