भक्तपुर । भक्तपुर अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) मा डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन् ।
जनसमुदायको माग अनुसार उनलाई पुन प्रमुखमा नियुक्त गरिएको हो ।
अस्पतालको प्रमुखमा नियुक्त भएपछि अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवाल तथा भक्तपुर अस्पताल परिवारले उनको भव्य स्वागत गरेको छ ।