भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

डा.इवामुरा अस्पताल र स्थानीयबीच सहमति, लाखाजुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने

डा.इवामुरा अस्पताल र स्थानीयबीच सहमति, लाखाजुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने

भक्तपुर । डा.इवामुरा अस्पतालको लापर्वाहीले हिंडेर उपचार गर्न गएकाको ज्यान जोखिममा परेको छ । विरामीको ज्यान जोखिममा परेपछि स्थानीयले अस्पताल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि बिहीबार नै दुईपक्षीय सहमति भएको छ ।

पीडित परिवार र अस्पतालबीच बिरामी लक्ष्मीकुमार लाखाजुको उपचारमा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने भएको छ । लक्ष्मीकुमारको इवामुरा र नर्भिक अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च इवामुरा अस्पतालले व्यहोर्ने सहमति भएको हो । सहमतिसँगै अस्पतालमा बिरामीका घरपरिवार, आफन्त तथा सर्वसाधारणले गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पतालले गत शुक्रवार हिंडेर इन्डोस्कोपी गर्न गएका भक्तपुर चोर्चाका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको विरुद्धमा विहिवार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त रहेको थियो । अस्पतालको लापर्वाही र चिकित्सकको हेलचक्र्याँइका कारण इन्डोस्कोपी गर्दा भित्री अंगमा असर पुग्दा लाखाजु अन्तिम अवस्थामा रहेको परिवारस्रोतले जनाएको छ ।

यस्ताे थियाे अवस्था…

https://www.facebook.com/Kailashkhabarnews/videos/701077907164824/

 


Thali Mobile Pvt.Ltd.