भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘डिभि’ चिठ्ठाले अमेरिका पुगेकी नेपाली चेली अन्तरिक्षयात्री बनिन्

‘डिभि’ चिठ्ठाले अमेरिका पुगेकी नेपाली चेली अन्तरिक्षयात्री बनिन्

काठमाडौं । ‘डिभि’ परेर अमेरिका पुगेकी नेपाली चेली अन्तरिक्ष यात्री बनिन् भन्दा अनौठो लाग्ला तर यस्तै भइदिएको छ । दाङ भालुवाङकी ज्योती केसी पाँच वर्षअघि परिवारको लालनपालनको जोहो पुरा गर्ने लक्ष्यसहित अमेरिका हानिएकी थिइन् ।

उनको त्यो यात्रा पारिवारिक आर्थिक स्तर माथि उकास्ने मात्रै बनेन अमेरिकाको खोज अध्ययन अनुसन्धान महत्वपूर्ण पाटो बनिदियो । अमेरिकी जागिरे यात्राले उनी बृहत अध्ययन पाटो बनिन् । त्यो अध्यनले ज्योती केसी अन्तरिक्षयात्री बनेर घर फर्किएपछि परिवारमा खुशीको सिमानै रहेन ।

साहेद केसी नै नेपालको पहिलो अन्तरिक्षयात्री हुन् भन्न सकिन्छ । अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालेकी उनलाई अमेरिकी सरकारले छनौट गर्यो । अन्तरिक्षयात्री बन्नका लागि उनले दुई हप्ताको तालिम लगिन् । अन्तरिक्ष यात्रीका लागि योग्य बन्न सफल हुँदा उनमा खुशीको सीमा रहेन ।

ज्योतीले भनिन्, ‘खाना, सुत्ने व्यवस्थापन देखि सबै व्यवस्थापन यानभित्रै गरिएको हुन्छ। ‘हामीहरु खाना, सुत्ने सबै त्यहि आईशोलेशन भित्रै हुन्छ, आईशोलेशन भित्र ५ देखि ६ जना मात्रै अट्ने सानो ठाउँ हुन्छ।

त्यसमा कडा मेहनत ग¥यौं ।’ पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेर अन्तरिक्ष यात्री बनेकी ज्योती अब नासासंगको सहकार्यमा रिसर्चका लागि उड्ने योजनामा रहेकी छन् । नेपालबाट अमेरिका फर्केपछि उनको प्रयास अमेरिकी एयर फोर्समै रहेर अन्तरिक्ष यात्रा साकार पार्ने तयारीमा छन् ।

मध्यमवर्गी परिवारकी ज्योतीको यो सफलताले राष्ट्रको सान पनि उच्चो हुदैछ । छोरीलाई नेपालकै छोरी बनेको हेर्न चाहेको ज्योतीका बुवा नरबहादुर केसीले बताए । आफ्नै देशमा अबसर गुमेका बेला अमेरिकामा यति ठूलो सफता मिल्नु आफ्ना लागि निकै हर्षको बिषय भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.