भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटे पनि छोटो दुरीको गाडी भाडा घटाउन किन आलटाल

डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटे पनि छोटो दुरीको गाडी भाडा घटाउन किन आलटाल

काठमाण्डौ । डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० र १० र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०र१० रुपैयाँले भाउ घटाएको छ । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

डिजेलको मूल्य लिटरमै २० रुपैयाँ घट्दा पनि सरकार र व्यवसायीले घाडा घटाउन आलटाल गर्दै आएका छन् । डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । अहिले गाडीवालाले घटेको भाउमा डिजेल हालेर गाडी चलाउन थाले पनि यात्रु महँगो भाडा तिर्न बाध्य छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.