भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

डोल्पामा अस्पताल पुग्नै हैरानी

डोल्पामा अस्पताल पुग्नै हैरानी

जाजरकोट । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ ।दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरका माध्यमले बिरामीलाई अस्पतालसम्म ल्याउने गरिन्छ ।

स्टेचरमा राखेर बिरामी ल्याउन र लैजानसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताउनुभयो । अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पु¥याउन समस्या हुँदै आएको छ ।कतिपय गर्भवती अस्पतालसम्म ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डा सुस्मिता जोशीले बताउनुभयो । अस्पतालमा बिरामीलाई लैजान र ल्याउन भेरी नदी बाधक बनेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरका भरमा मुस्किलले अस्पतालसम्म बिरामी पु¥याउने गरिएको डा जोशीले बताउनुभयो ।

“साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भन्नुभयो । पच्चीस शय्याको नयाँ अस्पतालको निर्माणको काम जारी छ ।अस्पताल निर्माणका लागि आवश्यक सामग्री ल्याउनसमेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री ल्याउनसमेत समस्या रहँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउनमात्र आधा घन्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.