भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तत्काल प्रहरीलाई खबर गर्न हाम्राे पात्राेकाे अनुराेध

तत्काल प्रहरीलाई खबर गर्न हाम्राे पात्राेकाे अनुराेध

१० साउन २०७७ काठमाडौं । अनलाइन मिडिया ‘हाम्रो पात्रो’मा समाचार पोर्टल सूचिकृत गरिदिन्छु भन्दै केही व्यक्तिले विभिन्न सञ्चार गृहसँग रकम उठाएको विषयले गम्भीर ध्यानाकर्षण भएको हाम्रो पात्रोले जनाएको छ । हाम्रो पात्रोले एक ध्यानाकर्षणपत्र जारी गर्दै सञ्चारगृहसँग वा अनलाइन सञ्चारगृहका आधिकारीक व्यक्तिसँग रकम माग गरेको र केही एकाध सञ्चारगृहसँग रकम समेत उठाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘कुनैपनि सञ्चारगृहसँग वा सञ्चारगृहका अनलाइन मिडिया हाम्रो पात्रोमा राख्नका लागि कुनैपनि शुल्क लाग्दैन । शुल्क सहितको मिडिया सूचिकरणको अभ्यास हामीले गर्ने गरेका छैनौ । मिडिया सम्बन्धि छलफल तथा सहकार्यका लागि हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकर उप्रेती तथा प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटा बाहेक कुनै अर्को तेस्रो व्यक्ति अझसम्म तोकिएको छैन ।’

‘यदि तपाईंलाई ‘म/हामी हाम्रो पात्रोमा तपाईंको पोर्टल राखिदिन्छु’भनि कसैले कुनै रकम माग गरेको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् र सम्भावित ठगीबाट बच्नुहोस् । हाम्रो नाममा कुनैपनि किसिमका अनाधिकृत नगदको लेनलेन गरेर पर्ने आर्थिक तथा व्यवसायिक अप्ठेरोका लागि हाम्रो पात्रो जिम्मेवार हुनेछैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । त्यस्तै हाम्रा पात्रोले मिडियामा सहकार्यमा गर्ने गरेको अभ्यासमा प्रत्यक्ष तथा अप्रत्यक्ष कुनैपनि किसिमको आर्थिक लेनिदेनि नभएको र तत्काल नयाँ सूचना जारी नहुञ्जेल र पुराना अनुरोधमा रहेका सञ्चारगृह बाहेक नयाँ अनलाइन मिडिया सूचिबद्ध गर्ने कार्य पनि बन्द गरिएको जनाएको छ ।

हाम्रो पात्रोको नाममा कसैसँग आर्थिक लेनदेनमार्फत अनलाइन मिडिया दर्ताका लागि कसैसँग कारोबार गर्दै गर्नु नितान्त ठगि भन्दै यस कारोबारमा संलग्न हुनेसँग अमेरिकास्थित हाम्रो पात्रोको मुख्य कार्यालय Hamro Patro Inc, अथवा नेपालस्थित Smart Ideas Pvt. Ltd. जिम्मेवार नहुने बताएको छ । साथै बुद्धनगर-१०, काठमाण्डौमा रहेको “स्मार्ट आइडियाज प्रा. लि.” बाहेक हाम्रो पात्रोको कुनैपनि स्वरुपको कार्यालय (सम्पर्क/कर्पोरेट/मार्केटिङ) नेपालमा अन्त कतै नरहेको समेत जानकारी गराएको छ । बजार सम्बन्धका विषयमा हाम्रो पात्रोका प्रबन्ध निर्देशक सन्तोष कुमार देवकोटालाई सम्पर्क गर्न पनि हाम्रो पात्रोले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.