भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

तपाईले खाने चामलको मूल्य कति ? के तपाईलाई थाहा छ ?

तपाईले खाने चामलको मूल्य कति ? के तपाईलाई थाहा छ ?

काठमाण्डौ । के तपाईलाई बजारमा उपभोग्र्य वस्तुको मूल्य कति छ भन्ने कुरा थाहा छ ? छैन भने दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढि रहेको छ । गोलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलमा समेत मूल्य बृद्धि गरिरहेका छन् ।

बजारमा गोलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ आकाशीएको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसको असर परेको छ ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँले बढे पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढेको छ । गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा फालेर विरोध गरेका थिए ।

अहिले किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गोलभेडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् भने उपभोक्ता भने महँगीको मारमा परेका छन्। बजारमा जीराको भाउ अचाक्ली बढेको छ । बजारमा गोलभेडाको भाउ दिनहुँ बढिरहेको छ । थोक बजारमा नै ठूलो गोलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।

सानो गोलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गोलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । उपभोक्ताले खुद्रा पसलमा किन्दा दोब्बर तेब्बर महँगो छ ।

 


Thali Mobile Pvt.Ltd.