भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तलेजु भवानीको अच्चमको नवमी दर्शन

तलेजु भवानीको अच्चमको नवमी दर्शन

काठमाडौं । प्रत्येक वर्ष दशैंको नवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा कोरोनाको कुनै प्रवाह नगरी घुइचो लागेर लाइनमा दर्शनार्थीहरुले तलेजु भवानीको दर्शन गर्न पालो कुरेर बसेका छन् । गत वर्ष कोरोना संक्रमणको जोखिम बढी भएकाले तलेजुको मन्दिर बन्द गरिएको थियो भने यो वर्ष केही सहज भएको भन्दै मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । तलेजु भवानीलाई फूलपातीको दिनदेखि नै मूल चोकमा ल्याइएको छ । मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको थियो । विजयादशमीको दिनसम्म तलेजु भवानीलाई यहीं राखेर पूजा गरिन्छ । विजयादशमीको दिन पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिरतर्फ फर्काइने चलन छ ।

 


Thali Mobile Pvt.Ltd.