काठमाडौं । जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने सरकारले निर्णय गरेको छ । चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने विहीबारको मन्त्रिपरिषद् बैठकले े निर्णय गरिएको हो । बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको जनाएको छ ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो ।
