भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

तीन विकल्पमा मन्त्री फेर्दै नेकपा

तीन विकल्पमा मन्त्री फेर्दै नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन विकल्पमा सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्ने निर्णय गरेको हो । केही दिनअघि सम्पन्न स्थायी कमिटी बैठकले पनि सरकार पुनर्गठन गर्न सुझाव दिएको थियो ।

पहिलो एजेन्डाका रूपमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल, आज फेरि बैठक बस्दै, सरकारलाई अझै प्रभावकारी तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यलाई अगाडि बढाउने सहितका विभिन्न विकल्पका बारेमा छलफल अगाडि बडाएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज घनिभूत छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा तीन विकल्प दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले पहिलो विकल्प सबै मन्त्री हटाउने, दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकालाई हटाउने र तेस्रो विकल्प केहीलाई निरन्तरता दिने प्रस्ताव गरेका छन्  भने यता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालले सचिवालय सदस्यहरूले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने सुझाव राखेका छन् ।

यद्यपि, मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारलाई अझै प्रभावकारी बनाउनमा भने सबै नेता सहमत छन् । हालै सम्पन्न स्थायी कमिटी बैठकले निष्कर्ष र निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने बैठकका एजेन्डा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.