भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएका छौ: सी जिन पिङ

नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएका छौ: सी जिन पिङ

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल–चीन सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । नेपालको संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्ताे बताएका हुन ।

राष्ट्रपति भण्डारीको चीन भ्रमण र आफ्नो नेपाल भ्रमणबाट दौत्य सम्बन्ध विकास र समृद्धिउन्मुख ऐतिहासिक मैत्रीपूर्ण रणनीतिक साझेदारीले नयाँ उचाइ लिएको बताएका छन् । कोभिड १९ को पनि दुई मुलुकले मिलेर सामना गरिरहेको भन्दै उनले यसले दुई देशबीचको मित्रतालाई अझ सुदृढ र घनिष्ट बनाएको उल्लेख गरेका छन् ।

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देश र जनतालाई फाइदा हुने काम गर्ने इच्छा सीले व्यक्त गरेका छन् । संविधान दिवसकै अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.